
सहदेव बस्नेत,
जाजरकोट, चैत २१ गते । जाजरकोटको भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी वृहत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका स्तरीय लागु औषध नियन्त्रण समिति, कार्यपालिका सदस्य र सरोकारवालाहरुलाइ भेरी नगरपालिकाले बिहिबार लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिएको हो ।
अभिमुखीकरण कार्यक्रमलाइ मुख्य प्रशिक्षक पुर्व एसएसपी बशन्तराज कुँवरले सहजीकरण गर्नु भएको थियो । लागु औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणको क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका कँुवरले नेपालको राजसंस्था पतको मुख्य कारण ड्रक्स सेवन भएको जनाउनु भएको थियो । राजनीतिक कारणले नेपालको राज संस्था अन्त्य भएको हैन प्रशिक्षक कुँवरले भन्नु भयो–‘ड्रक्स सेवनका कारण नेपालको राजसंस्थाको अन्त्य भएको हो ।’

अघाउनका लागि खाइने सबै चिजहरु खाना भएको बताउदै प्रशिक्षक कुँवरले लठ्याउने सबै चिजहरु ड्रक्स भएको बताउनु भएको थियो । कुनैपनि लागु औषधले थोरै खाए उत्तेजित बनाउने, अलि बढि खाए निधाउने, त्यो भन्दा बढि खाए बेहोस बनाउने र अझ बढि खाए मृत्यु गराउने प्रशिक्षक कुँवरले बताउनु भयो । मन लट्ठिएपछि अनुभुति नहुने, अनुभुति नभएपछि दया माया नहुने बताउदै प्रशिक्षक कुँवरले माया दया नभएपछि हिंसा हुने भनाइ राख्नु भएको थियो ।
गत बर्षदेखि लागु औषध दुव्र्यसन विरुद्धको अभियान संचालन गरेको भेरी नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले जानकारी दिनु भएको थियो। लागु औषध दुव्र्यसन विरुद्धको अभियानलाइ लामो समयसम्म संचालन गर्नुपर्ने बताउदै नगर प्रमुख घर्तीले देश, राष्ट्र र व्यस्था संचालन गर्ने जिम्मेवारी नयाँ पुस्तालाइ हस्तान्तरण गर्नुपर्ने भनाइ राख्नु भएको थियो । अभियानलाई सवै सरो
कारवालाहरुको समन्वयमा निरन्तर रुपमा अगाडि वढाउँदै जाने स्वास्थ्य साखा प्रमुख दीपक वलीले जानकारी दिनु भएको थियो ।
भेरी नगरपालिका ३, खलंगा स्थित रिद्धि होटलको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका कर्मचारी, शिक्षक, पत्रकार, युवा, बालबालिका तथा सुरक्षाकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

जनसन्देश खबर । २२ चैत्र २०८१, शुक्रबार ०७:३५