नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको सा तौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा हमाल

सहदेव बस्नेत
जाजरकोट, वैशाख ७ गते ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम खलंगामा सम्पन्नमहासंघको सातौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । महासंघको अध्यक्षमा शिव विक्रम हमाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर सिंह, उपाध्यक्षमा प्रेम बहादुर वली, महासचिवमा दलबहादुर सिंह, कोषाध्यक्षमा गोविन्द्र बहादुर बुढा सर्वसम्मत निर्वाचित भएको महासंघका निवर्तमान अध्यक्ष लालबहादुर नेपालीले जानकारी दिनु भयो । सदस्यहरुमा ताराबहादुर पुन, लोकबहादुर खत्री, जितबहादुर सुनार, नविन न्यौपाने र गणेशप्रसाद शर्मा निर्वाचित हुनु भएको छ।


महासंघले प्रदेश र केन्द्रीय प्रतिनिधी समेत चयन ग रेको छ । क्रमश प्रदेश प्रतिनिधीमा हिटलर सिंह राठौर, मिलन कुमार परियार र शिला नेपाली चयन हुनु भएको छ ।
त्यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधीमा अमर सिंह राठौर, शारदा हमाल र लालबहादुर नेपाली सर्वसम्मत छनौट भएको निर्वाचन समितिले जनाएको छ । महासंघका कर्णाली प्रदेश समिति अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको छ ।

अध्यक्ष जिसीले, सरकारले घरेलु तथा साना उद्योगीलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताउनु भयो । ‘सरकारले विभेदकारी हिसावमा साना तथा घरेलु उद्योगीलाई हेरिरहेको छ, ‘लगानी समेत निकै कम गर्छ अव सरकारले उद्यमीहरुलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ जिसिले भन्नु भयो ।’


यस्तै, अधिवेशमा जिल्लामा काम गरिरहेका तीन जना उद्यमीलाई सम्मान समेत गरिएको छ । होटल नयाँ नेपालका सञ्चालक लोकबहादुर खत्री, अमर फोटो स्टुडियोका सञ्चालक अमरजंग शाह, र मिलन टेलर्सका सञ्चालक मिलन कुमार परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ

तपाईको प्रतिक्रिया