जाजरकोटमा पहिलो पेट्रोल पम्प सञ्चालन, उपभोक्ता हर्षीत

जनसन्देश समाचारदाता
जाजरकोट वैशाख ९ गते । जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका ४ बोहोरा गाउँमा मुक्ती बस्नेत सप्लायर्सले आज देखि पेट्रोल पम्प सन्चालनमा ल्याएको हो । यस अघि पेट्रोल पम्प नहुदा फुटपाथमा ड्रम तथा जर्कीन वाट आपुर्तिहुदै आएको थियो ।
आज विहान आयोजित एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्रीले रीवन काटेर पम्प सन्चालनको औपचारीक रुपमा शूरुवात गर्नु भएको छ । पम्प को उद्घाटन गर्दै समन्वय प्रमुख खत्रीले हाल सम्म यस जिल्लामा पेट्रोल पम्प नहुदा ग्राहकहरु निकै मर्कामा परीरहेकोमा अव पम्प सञ्चालन आउँदा निकै सहज हुने बताउनु भयो । शुद्धता तथा आर्थिक भार समेत कम पर्न जाने हुदा उपभोक्ताहरलई लाभ हुने प्रमुख खत्रीले भनाई राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा जाजरकोटका प्रमुख जिलला अधिकारी मेख वहादुर मग्रातीले जिल्लामै पहिलो पटक आइल निगम अन्तरगतको पेट्रोल पम्प सन्चालनमा आएकोमा सप्लायर्सलाई धन्यवाद व्यक्त गर्नु भयो । पेट्रोल पम्प सञ्चालन सँगै जिल्लामा सरकारी तथा गैरसरकारी कार्यालय तथा वित्तिय संस्थाका सवारी शाधनहरुलाई निकै सहजता हने प्रजिअ मग्रातीको भनाई थियो ।
यातायात व्यवशायि भीम वहादुर वुढाले पेट्रोल पम्प सन्चालन सँगै आफुहरुलार्य शवारी साधनमा तेल भर्न निकै सहजहुने विश्वास व्यक्त गर्नु भयो । फुटपातमा ड्रमको तेल प्रयोग गर्दा शुद्धता तथा महंगो मारमा परेका व्यवशायिहरुलाई निकै राहत पुग्ने बुढाको भनाई छ ।
उद्घाटन कार्यत्रममा मुक्ती बस्नेत सप्लायर्सका सन्चालक बीर वहादुर बस्नेतले आफुले १० वर्ष अगाडि देखि थालनी गरेको प्रयास सवैको सहयोगमा सम्पन्न भई सन्चालनमा ल्याउँदा निकै खुसी व्यक्त गर्नु भयो । आफुहरुको सेवा ग्राहकहरुका लागि नियमित भरपर्दो हुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।


उदघाटन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधि,नागरिक समाजका प्रतिनिधिहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया