जाजरकोटमा १९ औं लोकतन्त्र दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न

जनसन्देस समाचारदाता
जाजरकोट, वैशाख १२
१९ औं लोकतन्त्र दिवसको अबसरमा जाजरकोटमा विचार गोष्ठी सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा १९ औं लोकतन्त्र दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न भएको हो ।

गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटको आयोजनामा सम्पन्न विचार गोष्ठीमा नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । संयोजक शाहले प्रस्तुत गरेको कार्यपत्रको बिषय “ लोकतान्त्रिक मूल्य, मान्यता र हाम्रो भुमिका” रहेको थियो । तीन पृष्ठ लोमो कार्यपत्रमा लोकतन्त्र र नेपाली जनताका प्रश्नहरु, लोकतान्त्रिक संस्कार, मूल्य मान्यताको अभाव र अवको वाटो उपशिर्षकमा शाहले चर्चा गर्नु भएको थियो ।

शाहले प्रस्तुत गरेको कार्यपत्रमा नेपाली कांग्रेसका कर्णाली प्रदेश समिति सदस्य नगेन्द्र शाह, नेकपा एमाले छेडागाड नगर समिति अध्यक्ष मोति ओली, नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेश समिति सदस्य अमर सिंह राठौर, नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य कमान बहादुर खड्का, नेकपा जाजरकोटका सेक्रेटरी विराजन शाहीले विचार राख्नु भएको थियो । त्यसगरी गैर सरकारी संस्थाहरुको तर्फबाट शरस्वती गिरी, प्रकाश चन्द, नेविसंघका तर्फबाट निराजन शाही, आनन्द हमाल लगाएतका विद्यार्थी नेताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

गैर सरकारकारी संस्था महासंघ नेपाल केन्द्रीय समितिको नीति तथा कार्यक्रम अनुसार जिल्लामा विचार गोष्ठीको आयोजना गरिएको जानकारी दिदै गैर सरकारकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले नेपालको विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासंगै सुदृढ गर्न उक्त विचार गोष्ठीको आयोजना गरिएको भनाइ राख्नु भएको थियो । कार्यक्रमको संचालन गैर सरकारकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटका उपाध्यक्ष गणेश बानियाँले गर्नु भएको थियो । त्यसै गरी महासँकै आयोजनामा बेलुका जिल्ला सदरमुकाम खलंगाको गैरीखालीमा दिपप्रज्वलन गरी कार्यक्रम मनाइएको कोषध्यक्ष सरसति गीरीले बताउनु भयो ।

 

 

तपाईको प्रतिक्रिया