लेखक जनक केसीको ‘हाम्रो जाजरकोट’ पुस्तक सार्वजनिक

जनसन्देस समाचारदाता ।
जाजरकोट वैशाख १५ गते । जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ । जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले लेखक जनक केसीको पुस्तक विमोचन गर्नु भएको हो । पुस्तकमा जाजरकोट जिल्लाको परिचय सहित विभिन्न जानकारीमूलक सामग्री समावेश गरिएको लेखक केसीले बताउनु भयो ।
,आफूले सम्वन्धित विषयका इतिहासका जानकारसँगै भेटेर सूचना सङ्कलन गरेर पुस्तक तयार पारेको जानकारी गराउन ुभयो । ‘हाम्रो जाजरकोट’ पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग गर्ने कुशे गाउँपालिकालाई उहाँले धन्यवाद दिनुभयो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान प्रकाशन रहेको पुस्तक १ हजार प्रति प्रकाशन गरिएको छ ।
पुस्तकको समीक्षा भेरी ज्ञानोदय क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्र बहादुुर बुढाले गर्नुभएको थियो । जिल्ला समन्व्य समितिका प्रमुख कालि बहादुर खत्रीले पुस्तकले जिल्लाको परिचय गराउन थप भूमिका खेल्ने अपेक्षा राखेको बताउनु भयो ।,पुस्तक प्रकाशनमा रात दिन लाग्ने लेखक केसीको मेहेनत महत्वपूर्ण भएको भन्दै आफूहरूले सहयोग गर्नुपर्नै ठाँउमा निरन्तर सहयोग गर्ने प्रमुख खत्रीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया