जनताका अधिकारका लागि आवाज उठाउने संगठन वाइसीएल बन्नु पर्छ ः पुर्व मन्त्री बस्नेत

 

जनसन्देश सम्बाददाता
जाजरकोट , वैशाख २६ गते । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले वाइसीएल नेपाल जनताको अधिकारका आवाज बुलन्द पार्ने संगठन भएको बताउनु भएको छ । आफ्नो गृह जिल्लामा वाइसीएल जाजरकोटको पाँचौं जिल्ला सम्मेलनका अवसरमा बस्नेतले यस्तो बताउनु भएको हो ।


खलंगामा आयोजित भव्य कार्यक्रममा प्रमुख अतिथि रहेका बस्नेतले राजनीतिक परिवर्तनमा वाइसीएलले खेलेको भूमिकाको चर्चा गर्दै “वाइसीएल युवाहरूको शक्ति र सिर्जनशीलताको प्रतीक भएको बताउनु भयो । यो संगठनले सामाजिक न्याय, समानता र जनताको अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ उहाँको भनाई थियो।”
बस्नेतले माओवादी आन्दोलनकालमा वाइसीएलले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै “जनयुद्धको कठिन समयमा वाइसीएलले खेलेको योगदान अविस्मरणीय छ । अहिले त्यो उर्जा, त्यही सङ्घर्ष भावनालाई लोकतान्त्रिक अभ्यास, सुशासन र समृद्धिको अभियानमा रूपान्तरण गर्नुपर्ने समय आएको छ ।”
उहाँले युवाहरूलाई केवल राजनीतिक गतिमा सीमित नरहेर खेलकुद, सिर्जनशीलता, उद्यमशिलता, प्रविधि र सामाजिक सेवामा समेत अग्रसर हुन आह्वान गर्नु भयो। “वाइसीएल अब यस्ता युवाहरूको संगठन बन्नुपर्छ, जो सिर्जना गर्छन्, समाधान दिन्छन् र समाजलाई अघि बढाउँछन्,” उहाँले भन्नु भयो ।

बस्नेतले सामाजिक न्याय, समावेशिता र युवाको नेतृत्व विकासलाई संगठनको मूल आधार बनाउनुपर्नेमा पनि जोड दिनु भयो। “समाजमा भ्रष्टाचार, अन्याय र विभेदविरुद्धको लडाइँ अझै बाँकी छ । त्यो लडाइँको नेतृत्व वाइसीएलले गर्नुपर्छ, बस्नेतको भनाई थियो ।”
२४ बर्षकै उम्मेरमै आफुले जिल्लाको नेतृत्व गर्नुको साथै २७ बर्षको उम्मेरमा केन्द्रीय सदस्य भएर केही जिल्लाहरुको नेतृत्व आफुले गरेको बस्नेतले स्मरण गरेका थिए । अज्ञानताले जनताको सेवा र भौगलिक विकास गर्न नसकिने बताउदै बस्नेतले राजनीतिक नेतृत्व गर्नका लागि युवाहरुले अध्ययन गर्नुको साथै शारीरिक रुपमा आफुलाइ स्वस्थ राख्नुपर्नेमा जोड दिएका थिए
मुलुकमा स्थायित्व, समृद्धि र सुशासन स्थापनाका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै , “राजनीतिक स्थायित्वको जग युवा नेतृत्वले नै राख्ने र वाइसीएलले अब संगठन सुदृढीकरण सँगै विकास, रोजगारी र सामाजिक रुपान्तरणको अभियान अघि बढाउनुपर्ने भनाई राख्नु भयो ।”
कार्यक्रममा उहाँले स्थानीय तहमा युवाहरूको सशक्तिकरण, उद्यमशिलता र सकारात्मक राजनीतिक सहभागिता बढाउन वाइसीएलले विशेष अभियान चलाउनु पर्नेमा जोड दिनु भयो।
सम्मेलनमा नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेक बहादुर रावल, जिल्ला सचिव इमाश्वर देवकोटा, वाइसिएल नेपाल, जाजरकोट फ्रयाक्सन इन्चार्ज इन्द्र प्रसाद गौतम, वाइसिएल नेपालका केन्द्रीय सचिव गणेश शाही, मनोज विक, पुर्व जनमुक्ति सेना नेपाल तथा घाइते अपाङ्ग केन्द्रीय विभाग प्रमुख असमिल शाही, अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय उपमहासचिव रेशम अधिकारी, अनेम संघ ९क्रान्तिकारी०, जाजरकोट अध्यक्ष राममाया हमाल अतिथि रहेका थिए । सम्मेलनको उद्घाटन सत्र र घोषणा सत्रमा बोल्ने बक्ताहरुले सम्मेलन सफलता र कार्यकाल सफलताको भनाइद्धारा शुभकामना दिएका थिए ।

सम्मेलनले संगठनात्मक समीक्षा, आगामी कार्यदिशा तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने कार्यसूची तय गरेको छ । उक्त सम्मेलनमा जिल्लाभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

तपाईको प्रतिक्रिया