
जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख २८ गते ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कुशे गाउँपालिका समितिको प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । कुल ३५ जनाको उपस्थितिमा ११ सदस्सीय गाउँ कमिटी गठन गरिएको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा दत्त वि.क., उपाध्यक्षमा लोकेश विक्रम शाही र सचिवमा डिल्ली वि।क चयन हुनु भएको छ ।
प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष लोकेन्द्र विक्रम शाही ले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै सहभागीहरुलाई प्रेस स्वतन्त्रता र स्थानीय पत्रकारिताको सुदृढिकरणका लागि प्रतिबद्द रहन आहा्न गरिएको बताउनु भयो ।


जनसन्देश खबर । २८ बैशाख २०८२, आईतवार ०७:३९