बालविवाह विरुद्धको साझा अभियान सञ्जाल जाजरकोटको पुर्नगठन

जनसन्देश सम्बाददाता
जाजरकोट, जेठ २ गते । बालविवाह विरुद्धको साझा अभियान सञ्जाल जाजरकोटको पुर्नगठन गरिएको छ । सदरमुकाम खलंगाको पाँच तारा यूवा संरक्षक मंच जाजरकोटको कार्यालयमा भएको भेलाले शोभा सिंह को संयोजकत्वमा ११ सदसीय कार्यसमिति सर्व सम्मत रुपमा पुर्नगठन गरिएको हो । त्यस्तै भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सबीता शाह, सचिवमा प्रेम विश्वकर्मा, कोषाध्यक्षमा दीप नारायण कार्की चयन हुनु भएको छ। त्यस्तै अन्य सदस्यहरुमा बाल कुमार शर्मा, खम्व जंग शाह, बाशुदेव शर्मा शारदा पुन, कृष्ण जंग शाह, बिन्दू बटाला र प्रेम वली रहनु भएको छ ।
त्यस्तै सल्लाहकार समितिमा राजेन्द्र विक्रम शाह, सहदेव बस्नेत, रामछाया शाही, कृष्ण तीरुवा,सेभ द चिल्ड्रेन र वल्ड चिजन इन्टरनेशनल का प्रतिनिधि रहनु भएको छ । समतिको सचिवालय पाँचतारा युवा संरक्षक मंचको कार्यालयमा रहने र सचिवालयमा गणेश बानीया र महिला अधिकार मंचको तर्फवाट सरस्वती शर्मा लाई चयन गरेको संजालका कर्णाली प्रदेश सदस्य तथा पाँतारा युवा संरक्षक मंचका अध्यक्ष छबी पन्तले जानकारी दिनु भयो ।


अध्यक्षमा चयन हुनु भएका शोभा सिंहले आफुहरुले सवैको साझेदारी र समन्वयमा बालविवाह विरुद्धको अभियानमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै भेलाले सात वटै पालीकामा बाल विवाह न्यूनिकरणका लागि वजेट तथा कार्यक्रम तर्जुम ागर्नका लागि अनुरोघ गर्न पत्राचार समेत गर्ने निर्णय गरिएको अध्यक्ष सिंह ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया